Deshkomedia

प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा

काठमाडौँ, वैशाख २७ । सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापन गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ

विराटनगर, वैशाख २७ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम आज मुख्यमन्त्रीमा नियुक्त उहाँले कोशी

जसपा नेपाल फेरि फुट्यो, पहिचानबादी अलग

काठमाडौं, वैशाख २७ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि फुटेको छ । अशोक राईको नेतृत्वमा नयाँ दल बनेको एक साता नबित्दै पार्टीबाट अर्को समूह बाहिरिएको हो

मुख्यमन्त्री नियुक्तिविरुद्ध केदार कार्कीले दिए सर्वोच्चमा रिट

विराटनगर, वैशाख २७ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले नयाँ सरकार गठन असंवैधानिक भएको दाबी गर्दै अधिवक्ता सुप्रेक्षा जोशीमार्फत रिट दायर

कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा कार्की नियुक्त

विराटनगर, वैशाख २७ . कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त हुनु भएको हो ।

पर्यटन प्रवर्द्धनका लागि सुदूरपश्चिममा साइकल यात्रा

कैलाली, वैशाख २७ । सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साइकल यात्रा सम्पन्न गरिएको छ । डडेल्धुराको अमरगढी किल्लाबाट सुरु गरिएको साइकल यात्राका यात्री भू–स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगेका छन्

भ्रष्टाचार आरोपमा जलेश्वरका नगरप्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, २७ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाको हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहिन काम गरी भ्रष्टाचार गरेको अभियोगमा नगर प्रमुख सुरेश साह सोनारलगायतका व्यक्तिहरुविरुद्ध विशेष अदालतमा मुद्दा

सर्वोच्च अदालतका सबै सुनुवाइ स्थगित

काठमाडौँ, वैशाख २७ । सर्वोच्च अदालतको आजको पेसी सूचीमा रहेका सबै सुनुवाइ स्थगित भएको छ । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि आजका सबै सुनुवाइ स्थगित भएको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले

भान्छा कोठामा चट्याङ पर्दा एक जनाको मृत्यु

सल्यान, वैशाख २७ । त्रिबेणी गाउँपालिका–१ गोगने बस्ने ७७ वर्षीय दर्वसिंह पुनको चट्याङ लागेर बुधबार राति मृत्यु भएको छ । उनकै घरको भान्सा कोठामा चट्याङ पर्दा गम्भीर घाइते भएका उनको

कोहलपुरमा गोली चल्यो

काठमाडौँ, वैशाख २७ । बाँकेको कोहलपुरमा गोली चलेको छ । कोहलपुरको चप्पलगौँडा भन्ने स्थानमा आज बिहान लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । काठमाडौँबाट खटिएको लागुऔषध नियन्त्रण