मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त

काठमाडौँ, फागुन १० । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. केशरजङ्ग बराल नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गर्नुभएको

गण्डकी प्रदेशमा घरेलु मदिरालाई वैधानिकता दिने, कानून बनाइँदै

गण्डकी, फागुन १० । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई वैध बनाउन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया थालेको छ । सोसम्बन्धी विधेयकको मस्यौदालाई प्रदेशसभाको आगामी हिउँदे अधिवेशनमा

कांग्रेस महासमिति बैठकमा भयो हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव, बहुमत सदस्यको हस्ताक्षर

ललितपुर, फागुन १० । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेश भएको छ । फागुन ७ गतेदेखि जारी बैठकमा सो प्रस्तावका पक्षमा

महासमिति बैठकमा हिन्दु राष्ट्रको विषय प्रवेश, पड्कियो ताली

काठमाडौँ, फागुन १० । नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दु राष्ट्रको विषयले प्रवेश पाएको छ । ललितपुरस्थित गोदावरीमा जारी महासमिति बैठकमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले यो विषय प्रवेश गराएका

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित, विधेयक पेस भएन

काठमाडौँ, फागुन १० । प्रतिनिधिसभाको आजको बैठकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने समयमा आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगन भएको छ ।

माओवादी स्थायी कमिटी बैठक सुरु

काठमाडौँ, फागुन १० । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा पार्टीको दुई महिने अभियान, कार्य विभाजन, विधान प्रिन्ट लगायतका विषयमा छलफल

रूस-युक्रेन युद्धमा परेका नेपालीबारे सदनमा जानकारी माग

काठमाडौँ, फागुन १० । प्रतिनिधिसभाको आजको बैठकमा रूस-युक्रेन युद्धमा मारिएका नेपालीको अवस्थाबारे जानारी गराउन माग गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राजस्व सङ्कलन ११ अर्बभन्दा बढी

काठमाडौँ, फागुन १० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हवाई उडानका दृष्टिकोणले अति व्यस्त विमानस्थल हो । आन्तरिक र अन्तर्राष्ट्रिय उडान चाप बढ्दो छ भने विमानस्थल भएर हवाईयात्रा गर्ने यात्रुको सङ्ख्या पनि

भुस्याहा कुकुरहरुले सखाप पार्यो चार लाख मूल्य बढीका कुखुरा

कञ्चनपुर, फागनु १० । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले रु चार लाख मूल्य बढीका कुखुरा मारेर नोक्सानी पुर्याएका छन् । आज बिहान कुखुरा फार्मको तारजाली

सभामुखले गरे सदनमा उठेका विषय सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, फागुन १० । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को शून्य, विशेष र आकस्मिक समयमा उठेका विषयमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।