मुख्य समाचार

भोलिबाट संविधान संशोधन विधेयक अघि बढ्ने

सरकारले संविधान संशोधन विधेयकलाई मंगलबारबाट संसदमा अघि बढाउने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन विधेयकमाथि मंगलबारबाट सैद्धान्तिक छलफल सुरु गर्ने निर्णय गरेको हो

चुनावको मिति घोषणा गरे मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चुनावको मिति घोषणा भए सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। आफ्नो माग पूरा नगरी चुनावको मिति घोषणा गरे सबैभन्दा पहिला सरकारसँगको सम्बन्ध तोडेको घोषणा

राप्रपाको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चुन्न मतदान गरिंदैछ ।काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा आइतबार उम्मेदवारहरुले मनोनयन दर्ता गराए

स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने तयारी

सरकारले स्थानीय निकाय पुनस्संरचना प्रतिवेदन संशोधन गर्दै सोमबार निर्वाचनको मिति घोषणा गर्ने भएको छ

संशोधन विधेयकसँग मन्त्री पद साटेर माननीय शब्दकै अपमान गरियो – ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेका दलहरु निर्वाचनबाट पन्छिन खोजेको आरोप लगाएका छन्

सुनकाण्डमा पक्राउ परेका एसएसपी खत्रीलाई थप दश दिन हिरासतमै राखिने

सुनकाण्डमा पक्राउ परी प्रहरी हिरासतमा राखिएका निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) श्याम खत्रीलाई थप दश दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ

निर्वाचन कसैले रोकेर रोकिदैन – वनमन्त्री

वनमन्त्री शंकर भण्डारीले सरकार निर्वाचनको तयारीमा जुटिसकेकाले अब निर्वाचन कुनै पनि हालतमा अघि बढ्ने बताएका छन । उनलेअब निर्वाचन हुँदैन कि भन्ने आशंका नगर्न आग्रह गरे । रफत सञ्चार क्लब

सोमबार स्थानीय तहको चुनावको मिति घोषणा हुन्छ- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार स्थानीय तहको चुनावको मिति घोषणा गरिने बताएका छन् । संविधान संशोधन गरेर चाडो चुनावमा जानु आफ्नो मुख्य दायित्व भन्दै उहाँले अब त्यो समय आइसकेको उल्लेख गरे

राप्रपा अध्यक्षमा डा लोहनीको उम्मेदवारी घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आजदेखि सुरु हुने पार्टीको एकता महाधिवेसनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा...

आजदेखि स्थानीय निकायको काम सुचारु हुने

स्थानीय तहमा कर्मचारी समायोजन गर्दा हाल कार्यरत कर्मचारीलाई प्राथमिकता दिनुपर्ने माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि ठप्प रहेको ठप्प स्थानीय निकायको कामकारबाही आजदेखि सुचारु हुदैछ