मुख्य समाचार

एआईजी दिपक थापालाई कार्यवाहक आईजीपीको जिम्मेवारी

काठमाडौं, असार १० । न्यूयोर्कमा आयोजना हुन लागेको युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सहभागी नेपाल प्रहरीका आईजीपी बसन्त बहादुर कुँवरसहितको टोली अमेरिकका प्रस्तान गरेसँगै कार्यवाहक आईजीपीको जिम्मेवारी एआईजी दिपक

फणीन्द्रलाई सांसदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटालाई गरेको कारबाही कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गरेको हो।

कुर्सी हानाहानपछि जीतपुरसिमराको नगरसभा स्थगित

बारा । जीतपुर सिमरा उपमहानगरमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षको विरोध र तोडफोडपछि नगर सभा स्थगित भएको छ । बजेट पेस गर्ने दिन बिहानैबाट एमाले र केही कांग्रेसका वडाध्यक्षहरू विरोधमा उत्रेका

कांग्रेस सांसद पौडेलको प्रश्न- सरकारमै बसेर प्रश्न सोध्नेहरूको जवाफ कसले दिन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारमा रहेकाहरूबाट अराजक र लज्जास्पद अभिव्यक्ति आएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन् । सरकारले

भरतपुर महानगरले ल्यायो ६ अर्ब ५५ करोडको बजेट

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेस गरेको छ । महानगरपालिकाको नगर सभा तथा १५

संसद सचिवालयका आन्दोलनरत कर्मचारी र कानूनमन्त्री नेतृत्वको समितिबीच वार्ता

काठमाडौं । संघीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारी र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीबीच छलफल सुरु भएको छ। बानेश्वरस्थित संसद भवनमा संसद सचिवालयका कर्मचारी युनियनका प्रतिनिधिसँग कानुनमन्त्री गिरीको नेतृत्वको

सीडीओहरुलाई गृहको निर्देशन – राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमा नै सङ्कलन गर्नू

काठमाडौं । गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । सामाजिक सुरक्षा भत्ताका लागि सेवाग्राहीहरूको भीड जिल्ला प्रशासन

सशस्त्र प्रहरीका १८ एसपी र २३७ डीएसपीहरुको सरुवा, को-कहाँ पुगे (नामावली)

काठमाडौं । सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र २३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएका छन् । सशस्त्र हेडक्वाटरले निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल

कैलालीमा साढे ५ लाखको अवैध सामान बरामद

धनगढी । कैलालीमा साढे पाँच लाखको अवैध सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिकासहित गोदावरी नगरपालिका र टीकापुर नगरपालिका क्षेत्रबाट भन्सार छली गरि भित्र्याइएको अवैध सामान बरामद गरिएको हो ।

निलम्बित मुख्यसचिव अर्याललाई योजना आयोगमा सरूवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेको छ । भ्रष्टाचार मुद्दाका कारण निलम्बित भएपछि मन्त्रिपरिषद् बैठकले अर्याललाई विशेष पद सिर्जना