फोटो कथा

ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घ तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल काठमाडौँको प्रज्ञा–प्रतिष्ठानमा आज आयोजना गरेको ग्लोबल आइएमई बैंकको १८औँ साधारणसभामा मन्तव्य राख्दै । तस्बिर : गोपाल दाहाल/रासस

पहेँलपुर तोरीखेती

शुक्लाफाँटा नगरपालिका-९ नौखरी गाउँस्थित खेतबारीमा पहेँलपुर भएर फुलेको तोरी । तस्बिर: राजेन्द्रप्रसाद पनेरु/ रासस

अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा अवस्थित पर्यटकीयस्थल मोहरेडाँडाबाट देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला । तस्बिर: कमल खत्री/रासस

विद्यालय भवन उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार तेह्रथुमको आठराई गाउँपालिका–४, इवामा रहेको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

विमानस्थलको हिउँ पन्छाउँदै

हवाई सेवा सञ्चालनमा ल्याउन सिमकोट विमानस्थलको हिउँ पन्छाउँदै सुरक्षाकर्मीको टोली । हुम्लामा आइतबार रातीदेखि सोमबार दिउँसोसम्म हिमपात भएपछि विमानस्थललगायतका क्षेत्रमा हिउँ जमेको छ । तस्बिर : दाने बोहरा / रासस

सङ्घीय संसद सेवा दिवस – फुटसल प्रतियोगिता

१८औँ सङ्घीय संसद सेवा दिवसका अवसरमा काठमाडौँको भृकुटीमण्डपस्थित फुटसल मैदानमा मङ्गलबार आयोजित फुटसल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै प्रतिनिधिसभा एवं राष्ट्रियसभाका सदस्यहरु । तस्बिरः नवीन पौडेल/रासस

कलात्मक प्रवेशद्धार

त्रिधार्मिकस्थल खोटाङको हलेसी नजिकै रहेको ढुङ्गे बगैँचा (रक गार्डेन)मा निर्माण गरिएको कलात्मक प्रवेशद्धार । स्थानीय चाम्लिङ राई भाषामा बुङालुङ नाम दिइएको ढुङ्गे बगैँचा पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्बिरः

भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवस

ट्रान्सरेन्सी इन्टरनेसनल (टीआई) नेपालले भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमाबार माइतीघरमा आयोजना गरेको सचेतनामूलक कार्यक्रम । तस्बिरः किरणराज विष्ट/रासस

अछाममा हिमपात

अछामको कमलबजार नगरपालिकामा हिउँदे वर्षासँगै हिमपात भएपछि हिउँले सेताम्मे भएको कमलबजार क्षेत्र । तस्बिरः सुशील भण्डारी/रासस

सूर्यास्त

कैलालीको गौरिगङ्गा नगरपालिकाबाट आज साँझपख देखिएको सूर्यास्तको मनोरम दृश्य । तस्बिर : ईन्द्राकुमारी केसी/रासस