फोटो कथा

दुर्गा पूजास्थलमा पूजाअर्चना गर्दै भक्तजन

सुनसरीको इनरुवा नगरपालिका-१ स्थित गणेश मन्दिरमा स्थापना गरिएको दुर्गा पूजास्थलमा महानवमीका दिन शुक्रबार साँझ पूजाअर्चना गर्दै भक्तजन । तस्बिरः नवीन गड्तौला/रासस

राष्ट्रपति पौडेल शक्तिपिठ दर्शनका क्रममा गुहेश्वरी मन्दिरमा

राष्ट्रपति रामचन्द्र पौडेल बडादसैँका अवसरमा शुक्रबार विभिन्न शक्तिपिठ दर्शनका क्रममा काठमाडौँको गुहेश्वरी मन्दिरमा । तस्बिरः किरणराज विष्ट/रासस

चेक हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रधानमन्त्री निवास बालुुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रभु बैँकका अध्यक्ष देवीप्रसाद भट्टचन रु १ करोडको चेक हस्तान्तरण गर्दै ।

बिक्रीका लागि कागती ग्रेडिङ

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ स्थित रुघाको बल्ले गाउँमा खरिद गरेरको कागती बिक्रीका लागि ग्रेडिङ गर्दै सिम्रुतका ठेकेदार डिलेन्द्र खड्का । बल्ले गाउँबाट एक सिजनमा १०० क्वीन्टलभन्दा बढी कागती जिल्ला बाहिर

कृषक सम्मानित

चौवालिसौँ विश्व खाद्य दिवसको अवसरमा सोमबार विश्व खाद्य दिवस समिति नेपालले देशभरका ११ फरक विधाका कृषकलाई सम्मान गर्दै। तस्बिरः हरि परियार/रासस

झिलिमिली भगवती मन्दिर

दसैँका अवसरमा झिलिमिली बत्तीले सजाइएको सुनसरीको इनरुवा नगरपालिका-१ स्थित भगवती मन्दिर । तस्बिर : नवीन गड्तौला/रासस

नेपालगञ्ज एकीकृत जाँच चौकी

नेपालगञ्ज एकीकृत जाँच चौकी (आइसीपी)मा भारतबाट सामान बोकेर भित्रिँदै गरेका ट्रकहरु । गत वैशाख २४ गतेदेखि एकीकृत जाँच चौकी सञ्चालनमा आएको हो । तस्बिरः रुपनी जिएम / रासस

बजार लैजाँदै च्याङ्ग्रा

दसैँका लागि बजार लैजाँदे गरेका च्याङ्ग्राका बथान । माथिल्लो मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा किसानले पोखरा र काठमाडौँसम्म पुर्‍याउने गरेका छन् । तस्बिर्ः डम्मर बुढामगर/रासस

ढलेको धान काट्दै किसान

सुनसरीको इनरुवा नगरपालिका-४ मा शुक्रबार बाढीका कारण ढलेको धान काट्दै किसान । बाढीले पाक्न लागेको धान डुबान हुँदा किसानलाई सास्ती थपिएको छ । तस्बिर : नवीन गड्तौला/रासस

उद्धारको पर्खाइमा यात्रु

अविरल वर्षाका कारण बिपी राजमार्गको विभिन्न ठाउँमा बाढीले बगाएर आवागमन अवरुद्ध भएपछि आइतबार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित कालढुङ्गा नजिकै उद्धारको पर्खाइमा रहेका यात्रुहरु । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा पर्ने उक्त राजमार्गको विभिन्न