फोटो कथा

प्रथम बृहत् खोटाङ हलेसी महोत्सवः साहित्यकार किराँती सम्मानित

खोटाङ, ३ जेठ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले वरिष्ठ कवि तथा साहित्यकार जसराज किराँतीलाई नगदसहित सम्मान गरेको छ । प्रतिष्ठानले आयोजना गरेको ‘प्रथम वृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन

काफल बिक्री

दाङ घोराहीको न्यूरोड सडक किनारामा दुधे बालक काखमा राखेर काफल, काँक्रा तथा तरकारी बिक्री गर्दै रोल्पा रुन्टिगढी गाउँपालिका-४ स्थित सुर्पालकी बिपना बिक । तस्बिरः कुलदीप न्यौपाने/रासस

सांस्कृतिक पोसाकमा विद्यालय

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित गुरुकुल एकेडेमीमा मङ्गलबार सांस्कृतिक पोसाकमा विद्यालय उपस्थित भएका विद्यार्थी । हरेक महिनाको पहिलो दिन विद्यार्थी सांस्कृतिक पोसाकमा विद्यालय उपस्थित हुँदै आएका छन् । तस्बिरः कुलदीप न्यौपाने/रासस

निःशुल्क साइकल वितरण

बाह्रदशी गाउँपालिका-६ मा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क साइकल प्रदान गर्दै गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाँईलगायत । तस्बिर: सुरेन्द्र भण्डारी/रासस

सरसफाइ अभियान

बैतडीको दोगडाकेदार गाउँपालिका ३ खोचलेकमा रहेको श्रीकोट बुहुमुखी क्याम्पसले क्याम्पस(समुदाय सहकार्य कार्यक्रम अन्तर्गत वातावरणीय सरसफाइ अभियानमा सहभागीहरु । तस्बिर: विनोदसिंह विष्ट/रासस

योग अभ्यास

म्याग्दीको बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले सेयर सदस्यहरुको लागि सञ्चालन गरेको योग शिविरमा सहभागीहरु योग अभ्यास गर्दै । तस्बिर: सन्तोष गौतम/ रासस

अन्तर्राष्ट्रिय नर्सिङ दिवस

अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्सहरुको आयोजनामा आइतवार प्रतिष्ठानमा गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरु । तस्बिर: कुलदीप न्यौपाने/रासस

महिला भलिबलको उपाधि विजेता

‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ अन्तरपालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि उचाल्दै आमचोक गाउँपालिका भोजपुरका खेलाडी । खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाको आयोजनामा आइतबार भएको फाइनल खेलमा केपिसगढी गाउँपालिका बाक्सिला खोटाङलाई

बाँसजन्य सामग्री तयार पार्दै विद्यार्थी

रामपुर आधारभुत विद्यालयका विद्यार्थी बाँसजन्य सामग्री तयार पार्दै । विद्यालयले पढाइका अलवा बाँसजन्य सामग्रीको सदुपयोग गर्दै विद्यार्थीलाई दैनिक प्रयोगमा आउने डोको, डस्बिन, डालोलगायतका सामग्री तयार गर्न सिकाउँदै आएको छ ।

महिला भलिबल प्रतियोगिता

मोरङको सुन्दरहरेैँचा नगरपालिकास्थित नगर खेलकुद विकास समितिको बिहीबार आयोजनामा गरेको उपमेयर कप महिला भलिबल प्रतियोगितामा सहभागी बेलबारी तथा लेटाङ नगरपालिकाका खेलाडीहरू। आठ वटा पालिकाले सहभागीता जनाएको अन्तरपालिका स्तरीय प्रतियोगिता आइतबार