फोटो कथा

साकेला नृत्य

किरातीहरुको पर्व उभौली तथा बुद्ध जयन्ती २०८१ को अवसरमा बिहीबार किरात राई यायोख्खाले इलामचोक बजारमा आयोजना गरेको कार्यक्रममा साकेला नृत्य गरिँदै स्थानीय । तस्बिरः टीका खतिवडा/रासस

हाते मिनी ट्रिलर–अनुदान

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यन्वयन एकाइ नुवाकोटले ५० प्रतिशत अनुदानमा बिहीबार प्रदान गरेको हाते मिनी ट्रिलर (ट्रयाक्टर) घर लैजाँदै लिखु गाँउपालिका १ र २ का किसान । गाँउपालिकाले किसानलाई पच्चिस थान

मायादेवी मन्दिर परिसरमा ध्यान गर्दै भिक्षु

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बुधबार लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा ध्यान गर्दै गरेका विभिन्न देशबाट आएका बौद्ध भिक्षु र बौद्ध धर्मालम्बी। तस्बिरः प्रदीपराज वन्त/रासस

क्रिकेट प्रतियोगितामा वाइआरसिसी क्लब विजयी

विराटनगर जुटमिलको खेलमैदानमा आज सम्पन्न भएको तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा विजेता विराटनगरको वाइआरसिसी क्रिकेट क्लबका साथमा कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँच कर्ण राई लगायत ।

खानाका परिकार बनाउने तालिम लिँदै महिला

म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक महिने खानाका परिकार बनाउन सिकाउने तालिममा सहभागी महिला । सिटिइभिटीबाट मान्यता प्राप्त एसियन होटल टे«निङ्ग सेन्टरले आयोजना गरेको तालिममा २० जना महिला सहभागी छन् ।

रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक

मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक । तस्बिर:नृपेन्द्रबहादुर मल्ल/रासस

टपरी गाँस्ने प्रतियोगिता

ताप्लेजुङमा बिहीबारदेखि सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव अन्तर्गत शुक्रबार टपरी गाँस्ने प्रतियोगितामा टपरी गाँस्दै सहभागीहरु । स्थानीय उत्पादनको प्रर्वद्धन र प्रयोग बढाउने उद्धेश्यले उक्त प्रतियोगिता सञ्चालन गरिएको हो । तस्बिर:

आर्क ब्रिज

बिजुली बजारस्थित धोवीखोला माथी निर्माण गरिएको आर्क ब्रिज र बानेश्वर बिजुलीबजार सडक खण्ड आसपासको क्षेत्र । तस्बिर: किरणराज विष्ट/रासस

रैथाने बालीबाट बनेका खानाका परिकार

म्याग्दीको बेनी नगरपालिकाको कृषि शाखाले आयोजना गरेको रैथाने बालीबाट खाजाका परिकार बनाउने तालिममा सहभागीहरुले बनाएका खानाका परिकार प्रदर्शन गरिँदै । सामुदायिक विद्यालयका खाजाघरका सञ्चालकहरुलाई समावेश गरेर नगरपालिकाले रैथाने बालीबाट खाजाका

अत्यधिक गर्मी

अत्यधिक गर्मी र तातो हावा छल्न बिहीबार छाता ओडेर कार्यालयबाट घर फर्किदै घोराही उपमहानगरपालिकाका कर्मचारीहरु । तस्बिरः कुलदीप न्यौपाने/रासस