फोटो कथा

मिथिलाका नारी बटसावित्री पर्व मनाउँदै

महोत्तरीको सदरमुकाम जलेश्वरमा आज मिथिलाका नारी वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजा आराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गरेर बटसावित्री पर्व मनाउँदै । तस्बिरः सञ्जीतकुमार मण्डल/रासस

धानको बीउ छर्दै

सुनसरीको गढी गाउँपालिका–३ छिटाहामा बिहीबार धानको बीउ छर्दै किसान । यतिबेला किसानलाई धानको बीउ राख्न धमाधम छ । तस्बिरः नवीन गड्तौला/रासस

राष्ट्रपति पौडेल–वृक्षरोपण

राष्ट्रपति रामचन्द्र पौडेल विश्व वातावरण दिवसका अवसरमा बुधबार राष्ट्रपति भवन शीतलनिवास परिसरमा वृक्षरोपण गर्दै ।

हस्तकला सामग्री

पाल्पा रामपुरका महिलाले तयार पारेका मकैको खोस्टा, थाकलको पातबाट हाते झोला, टोपी लगायतका विभिन्न हस्तकला सामग्रीहरु । रामपुर नगरपालिकाले महिलालाई आय आर्जनमूलक क्षेत्रमा लगाउन एक महिने सीपमूलक तालिम प्रदान गरेको

अवार्ड वितरण

युएसएड र राष्ट्रिय व्यवसायिक पहल ९एनबिआइ०ले बुधबार आयोजना गरेको ‘एनबिआइ विजनेस रेजिलियन्स अवार्ड २०२४’ कार्यक्रममा अवार्ड विजेतालगायत सामूहिक तस्बिरमा सहभागी हुँदै । तस्बिरः किरणराज विष्ट/रासस

विश्वकप क्रिकेट हेर्न टुँडिखेलमा दर्शक

आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताु अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीच मङ्गलबार हुन गइरहेको खेल हेर्न राजधानीको टुँडिखेलमा जम्मा भएका दर्शकहरु । काठमाडौँ महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह–आयोजना तथा युवा तथा

प्रम दाहाल ब्रेक–थ्रु कार्यक्रममा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार अरूण–३ जलविद्युत आयोजना (९०० मे.वा) को ब्रेक–थ्रु कार्यक्रममा सहभागी हुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

अमरसिंह थापाको सालिक

बडाकाजी अमरसिंह थापाको सोमबार सालिक अनावरणका क्रममा अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीलगायत । तस्बिर: धनबहादुर भण्डारी/रासस

मकै भाँच्न हार्वेस्टर

सुनसरीको इनरुवामा सोमबार हार्भेस्टर मेसिनले मकै भाँचिँदै । कृषिमा प्रविधिको प्रयोगले किसानलाई सहज भएको छ ।तस्बिरः नवीन गड्तौला/रासस

पदयात्रा

अन्नपूर्ण आरोहण दिवसको पूर्वसन्ध्यामा नेपाल पर्यटन बोर्डको आयोजना एवम् नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेश र ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको सहकार्यमा धम्पुसदेखि अस्तामसम्म आयोजित पदयात्रामा सहभागीहरु। तस्बिर :वासुदेव