फोटो कथा

सरसफाइ अभियान

बैतडीको दोगडाकेदार गाउँपालिका ३ खोचलेकमा रहेको श्रीकोट बुहुमुखी क्याम्पसले क्याम्पस(समुदाय सहकार्य कार्यक्रम अन्तर्गत वातावरणीय सरसफाइ अभियानमा सहभागीहरु । तस्बिर: विनोदसिंह विष्ट/रासस

योग अभ्यास

म्याग्दीको बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले सेयर सदस्यहरुको लागि सञ्चालन गरेको योग शिविरमा सहभागीहरु योग अभ्यास गर्दै । तस्बिर: सन्तोष गौतम/ रासस

अन्तर्राष्ट्रिय नर्सिङ दिवस

अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्सहरुको आयोजनामा आइतवार प्रतिष्ठानमा गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरु । तस्बिर: कुलदीप न्यौपाने/रासस

महिला भलिबलको उपाधि विजेता

‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ अन्तरपालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि उचाल्दै आमचोक गाउँपालिका भोजपुरका खेलाडी । खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाको आयोजनामा आइतबार भएको फाइनल खेलमा केपिसगढी गाउँपालिका बाक्सिला खोटाङलाई

बाँसजन्य सामग्री तयार पार्दै विद्यार्थी

रामपुर आधारभुत विद्यालयका विद्यार्थी बाँसजन्य सामग्री तयार पार्दै । विद्यालयले पढाइका अलवा बाँसजन्य सामग्रीको सदुपयोग गर्दै विद्यार्थीलाई दैनिक प्रयोगमा आउने डोको, डस्बिन, डालोलगायतका सामग्री तयार गर्न सिकाउँदै आएको छ ।

महिला भलिबल प्रतियोगिता

मोरङको सुन्दरहरेैँचा नगरपालिकास्थित नगर खेलकुद विकास समितिको बिहीबार आयोजनामा गरेको उपमेयर कप महिला भलिबल प्रतियोगितामा सहभागी बेलबारी तथा लेटाङ नगरपालिकाका खेलाडीहरू। आठ वटा पालिकाले सहभागीता जनाएको अन्तरपालिका स्तरीय प्रतियोगिता आइतबार

घण्टाघर र ढकमक्क गुलमोहर फूल

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–६ मा रहेको घण्टाघर र ढकमक्क फुलेको गुलमोहर फूल। तस्बिर : सुरेश आचार्य / रासस

मिठाई किन्दै सर्वसाधारण

मातातीर्थ ओैँसी दिन भक्तपुर सल्लाघारीस्थित मिठाई पसलमा आमाको मुख हेर्नेलाई मिठाइ किन्दै सर्वसाधारण । तस्बिर: चन्द्रकला क्षेत्री/रासस

कानुन दिवसमा आयोजित प्रभातफेरी

पर्सा जिल्ला अदालत बार एसोसिएशनद्वारा कानुन दिवस–२०८१ को अवसरमा बुधबार वीरगञ्जमा आयोजित प्रभातफेरी । तस्बिर: हिमाल लम्साल/रासस

विश्व रेडक्रस दिवस

विश्व रेडक्रस दिवसका अवसरमा बुधबार नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजना गरिएको मुल समारोहमा सहभागीहरु। सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जाँ हेनरी ड्युनाको जन्मदिनको