फोटो कथा

पाहुनाको स्वागतमा महिला

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका— २ स्थित लामडाँडा सामुदायिक होमस्टेका महिलाहरु पाहुनाको स्वागतका लागि लामबद्ध हुँदै ।तस्बिरः तोलाकान्त बगाले/रासस

मकै छर्दै झेल्नेटाका महिला

दाङको बङ्लाचुली गाउँपालिका–७ स्थित पहाडी गाउँ झेल्नेटाका महिला हलो र गोरुको सहायताले बारीमा मकै छर्दै । पहाडी गाउँका पुरुषहरु रोजगारीको सिलसिलामा भारत लगायत अन्य देश गएकाले पुरुषहरुले गर्ने काम पनि

फेशन शो

पासन नेटवर्क नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको ‘नेपाल फेशन फेस्टिवल एक्जीबीसन’मा सहभागी हुँदै मोडल । तस्बिरः किरणराज विष्ट/रासस

काफलको व्यापार

प्युठानको स्वर्गद्वारी नगरपालिका–२ स्वर्गद्वारी मन्दिरस्थित धरमपानी बजारमा काफल बिक्री गर्न बसेका स्थानीयवासी।तस्बिरः कुलदीप न्यौपाने/रासस

भेंडाच्याङ्ग्रा

मनाङको चामे–२ थानचोकका किसान भेंडाच्याङ्ग्रा चराउन चरन क्षेत्रतर्फ लैजाँदै । तस्बिरः नवीन लामिछाने/रासस

बुद्ध जयन्ती पद र्‍याली

२५६८औँ बुद्ध जयन्तीका अवसरमा बिहीबार बिहान दमकमा निकालिएको शान्ति पद र्याली । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध धर्मका अनुनायीहरुले विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइन्छ । तस्बिरः यज्ञराज

साकेला नृत्य

किरातीहरुको पर्व उभौली तथा बुद्ध जयन्ती २०८१ को अवसरमा बिहीबार किरात राई यायोख्खाले इलामचोक बजारमा आयोजना गरेको कार्यक्रममा साकेला नृत्य गरिँदै स्थानीय । तस्बिरः टीका खतिवडा/रासस

हाते मिनी ट्रिलर–अनुदान

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यन्वयन एकाइ नुवाकोटले ५० प्रतिशत अनुदानमा बिहीबार प्रदान गरेको हाते मिनी ट्रिलर (ट्रयाक्टर) घर लैजाँदै लिखु गाँउपालिका १ र २ का किसान । गाँउपालिकाले किसानलाई पच्चिस थान

मायादेवी मन्दिर परिसरमा ध्यान गर्दै भिक्षु

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बुधबार लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा ध्यान गर्दै गरेका विभिन्न देशबाट आएका बौद्ध भिक्षु र बौद्ध धर्मालम्बी। तस्बिरः प्रदीपराज वन्त/रासस

क्रिकेट प्रतियोगितामा वाइआरसिसी क्लब विजयी

विराटनगर जुटमिलको खेलमैदानमा आज सम्पन्न भएको तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा विजेता विराटनगरको वाइआरसिसी क्रिकेट क्लबका साथमा कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँच कर्ण राई लगायत ।