फोटो कथा

जल उद्वारको कृत्रिम अभ्यास

नेपाली सेनाको भैरवी दल गण पाँच कुमारीले सर्लाही र रौतहटको सिमाना नुनथरस्थित बागमती नदीमा शुक्रबार आयोजना गरेको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा जल उद्वारको कृत्रिम अभ्यास

नर्सरी राख्ने तयारी गर्दै विद्यार्थी

पाल्पाको रामपुर नगरपालिकास्थित रामतुलसी नमुना माध्यमिक विद्यालयका कृषि बाली विज्ञान सङ्कायका विद्यार्थी तरकारी नर्सरी राख्ने तयारी गर्दै । यहाँका विद्यार्थीले विद्यालय प्राङ्गणमा प्रयोगात्मक अभ्यासका लागि विभिन्न बालीहरु लगाउने गरेका छन्

अन्तर्राष्ट्रिय सगरमाथा दिवस

७१ अ‍ौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा बुधबार आयोजित र्‍यालीमा सहभागी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलगायत । तस्बिरः हरिराम भेटुवाल/रासस

पूर्वप्रमुख राईको शालिकमा माल्यार्पण

जन्तेढुङ्गा गाउँपालिकाका पूर्वप्रमुख शंखरबहादुर राईको शालिकमा मङ्गलबार अनावरणपछि माल्यार्पण गर्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य विशाल भट्टराई । एमाले जन्तेढुङ्गा गाउँपालिका कार्यसमितिको अगुवाइमा सङ्कलन गरिएको करिब रु ६ लाख रकममा पूर्वप्रमुख

शहीद परिवारलाई बाख्रा प्रदान

जनयुद्धका क्रममा शहीद भएका, वेपत्ता पारिएका परिवारलाई १७औँ गणतन्त्र दिवसका अवसरमा आज कृष्णपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष अर्जुन साउदले वितरण गरेको बाख्रा । चालु आवमा विनियोजित बजेटबाट

दीप प्रज्वलन

गणतन्त्र दिवस २०८१ का अवसरमा मङ्गलबार महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित दुर्गाचोकमा गरिएको दीप प्रज्वलन । तस्बिर: सञ्जीतकुमार मण्डल/रासस

सगरमाथा आरोही सञ्चारकर्मी श्रेष्ठलाई पञ्चेबाजाको टोलीले स्वागत

विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएकी सञ्चारकर्मी पूर्णिमा श्रेष्ठलाई सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पञ्चेबाजाको टोलीले स्वागत गर्दै । उहाँले यो सिजनमा तीन पटक र सन् २०१८ मा एक पटक

भाडाका सामान बनाउँदै

मोरङको पथरी शनिश्चरेमा सोमबार तामा, हलुङ्गे र आल्मुनियमका पुराना कच्चा पदार्थबाट भाडाका सामान बनाउँदै भारतीय नागरीक । तस्बिर: गोपाल काफ्ले/रासस

महालेखा परीक्षकको प्रतिवेदन बुझेपिछ सामूहिक तस्बिरमा राष्ट्रपति पौडेल

राष्ट्रपति भवन शीलतमा आइतबार आयोजित ‘महालेखा परीक्षकको ६१औँ वार्षिक कार्यक्रम’मा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेशपश्चात सामूहिक तस्बिरमा । तस्बिर: राष्ट्रपतिको कार्यालय/रासस

बालबालिकालाई पोलियो विरुद्धको खोप

रुपन्देहीको भैरहवा नमूना माध्यमिक विद्यालय, खोप केन्द्रमा आइतबार बालबालिकालाई पोलियो विरुद्धको ‘आईपीभी’ खोप लगाउदैँ स्वास्थ्यकर्मी । जेठ १३ गते देखि २६ सम्म रुपन्देहीमा ६९ हजार ७ सय ६३ जना बालबालिकालाइ