फोटो कथा

खानेपानीको माग गर्दै रेक्चाका सर्वसाधारण

सुर्खेतको चौकुने गाउँपालिका–५ मा पर्ने रेक्चाका झण्डै ४० घरधुरीका नागरिकहरू चौकुने गाउँपालिकामा खानेपानीको माग राख्दै । सुख्खा खडेरीमा भूमिगत कुवा सुक्दा काकाकूल बनेका स्थानीयवासी गाग्रीसहित पालिकामा आएका छन् । तस्बिरः

सडक कालोपत्र गरिँदै

भक्तपुरको पर्यटकीय स्थल नगरकोटमा वर्षौदेखि जीर्ण बनेको सडक कालोपत्र गरिँदै । पर्यटकीय क्षेत्रको सडक जीर्ण हुँदा पर्यटकमा नकारात्मक सन्देश गएकामा कालोपत्र गरेपछि पर्यटकमा सकारात्मक सन्देश जाने विश्वास गरिएको छ ।

बुलबुले तालमा मोटरबोट

बीरेन्द्रनगर नगरपालिका–१० बुलबुले तालमा मोटरबोटमा रमाउँदै आन्तरिक पर्यटक। तस्बिर : हेमन्त केसी / रासस

विश्व बाल श्रमविरूद्धको दिवसमा सहभागी

सदरमुकाम खलंगामा बुधबार आयोजना गरिएको विश्व बाल श्रमविरूद्धको दिवस–२०८१ मा बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, प्रहरी नायव उपरीक्षक दीपक गिरी, विद्यार्थीलगायत पदयात्राका क्रममा सहभागी । तस्बिर: विनोदसिंह विष्ट/रासस

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच शिष्टाचार भेट

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच आइतबार राति नयाँदिल्लीस्थित राष्ट्रपति निवासमा आयोजित रात्रिभोजका क्रममा शिष्टाचार भेटवार्ता गर्दै । तस्बिर सौजन्यः भारतीय विदेश मन्त्रालय/रासस

भेरी नदी

डोल्पाको सदरमुकाम दुनै बजारको बीच भाग भएर बगिरहेको भेरी नदी । वर्षायाममा नदीको बहाव उच्च भएपछि सदरमुकाम दुनै बजार जोखिममा पर्ने गरेको छ । तस्बिर : हेमन्त केसी/रासस

वीरगञ्ज कृषि औजार कारखाना

राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएर अलपत्र परेको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनाको अवधिमा करखानामा रहेका साना र ठूला ५५ मेसिनहरुमध्ये ५१ वटा मेसिन मर्मतसम्भार गरेर

श्रमदान गर्दै माङसेबुङवासी

दमक(चिसापानी)रवि सडक (फाल्गुनन्द मार्ग)अन्तर्गत इलामको माङसेबुङ गाउँपालिका -६ माङ्मालुङ बजारदेखि चिसोपानी बजार जोड्ने सडकखण्ड स्तरोन्नतिका लागि श्रमदान गर्दै माङसेबुङवासी । बर्खा याम सुरु भएसँगै यातायात सञ्चालनमा सहजताका लागि स्वतन्त्र ‘सचेत

यार्सागुम्बा टिप्न पाटन पुगे स्थानीयवासी

डोल्पाको ठुलीभेरी नगरपालिका–११ स्थित ग्यालवाडा पाटनमा यार्सागुम्बा टिप्न गएका स्थानीयवासी र उनीहरुले बस्नका लागि निर्माण गरेको टेन्ट । तस्बिरः हेमन्त केसी/रासस

बिक्रीका लागि ल्याइएको सिलौटो

कञ्चनपुरको झलारी बजारमा भारतको राजिस्थानबाट भारतीय बन्जारा जातिका व्यापारीले ल्याइएका ढुङ्गाबाट निर्मित सिलौटो र जाँतो । यहाँको बजार र गाउँमा बन्जाराहरुले साइकलमा लगेर सिलौटो र जातो बेच्ने गरेका छन् ।