फोटो कथा

योगाभ्यास

अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा भारतीय दूतावासद्वारा बिहीबार लुम्बिनीमा आयोजित कार्यक्रममा योगाभ्यास गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत । तस्बिर: राधेश्याम विश्वकर्मा /रासस

क्रिकेट खेलबारे जानकारी दिँदै कप्तान पौडेल

काठमाडौँमा बिहीबार नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आयोजित पत्रकार सम्मेलनमा विश्वकप क्रिकेट खेलेर फर्केका राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल क्रिकेट खेलबारे जानकारी दिँदै । तस्बिरः हरिराम भेटुवाल/रासस

मल छरिँदै

सुनसरीकाे इनरुवा-४ का किसान धानको बीउमा रासायनिक मल (युरिया) छर्दै । तस्बिर : नवीन गड्तौला / रासस

कृषकलाई बीउबोका

गुल्मीको चन्द्रकोट गाउँपालिकामा सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत बाख्रा पकेट समूहका बाख्रापालक किसानलाई स्मार्टको तर्फबाट प्रदान गरिएको बीउबोका हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष युवराज खत्री । तस्बिरःजनार्दन घिमिरे/रासस

भूमे नाच

भूमे पर्वको पाँचौँ दिन बुधबार दाङको घोराही उपमहानगरपालिका-१३ स्थित बडहरामा भूमे नाच नाच्दै रोल्पा थबाङ समाज सेवा समिति घोराहीका मगर समुदाय । तस्बिर: कुलदीप न्यौपाने/रासस

हिमा नदी र तिला नदीको संगमस्थल

कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा रहेको हिमा नदी र तिला नदीको संगमस्थल । तस्बिर:सुरेश आचार्य/रासस

आलु खन्दै भकिम्लीका किसान

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसान खनेको आलु घर लैजान व्यवस्थापन गर्दै । कृषि ज्ञान केन्द्र म्याग्दीको खायन आलु कार्यक्रममार्फत बेलढुङ्गा कृषक समूहले सामूहिक आलुखेती गरेका हुन् । तस्बिरः सन्तोष गौतम/रासस

योग शिविर

१०औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगंजको आयोजनामा चितवनको नाराणयणी नदी किनारमा सोमबार आयोजित योग शिविरमा सहभागीहरु योगाभ्यास गर्दै । तस्बिर: सनद अधिकारी/रासस

बकर इद मनाउँदै -नेपालगन्ज

मुस्लिम धर्मावलम्बीको पर्व बकर इदको अवसरमा सोमबार बिहान नेपालगन्ज विपी चोकस्थित इदगाहमा सामूहिकरुपमा नमाज पढ्दै मुस्लिम समुदाय । तस्बिर : राकेशकुमार मिश्र/रासस

चैते धान उठाउँदै किसान

चितवनको खैरहनी नगरपालिका–७ सुन्तानास्थित खेल मैदानमा सुकाएको चैते धान उठाउँदै किसान । धान सुकाउने ठाउँको अभावका कारण यहाँका किसानले खेल मैदानमा लगेर सुकाउने गरेका छन । तस्बिर : कृष्ण आचार्य/रासस