द्वय अध्यक्षद्वारा सभामुखको टुंगो आज लगाइने


 


काठमाडौँ, माघ ३
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बिहीबारको छलफलबाट सभामुखको टुंगो शुक्रबार (आज) लगाइने सहमति भएको छ । दुवै अध्यक्षबीच सकारात्मक छलफल भएकाले संसद् बैठक सकिनुअघि नै सभामुखको टुंगो लगाउने सहमति भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा वार्ता सकारात्मक भएको र लामो समयदेखि विवादित बन्दै आएको सभामुख चयनको विषयको पनि टुंगो लाग्ने सहमति भएको बताइएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्इक्ष प्रचण्डबीच सभामुख विषयमा जारी गतिरोध छिट्टै अन्त्य गर्ने सहमति भएको छ । दुवै अध्यक्षले आ–आफ्नै अडान कायम राखेका कारण सभामुख चयन हुन सकेको छैन ।

सभामुखको विषय टुंगो नलाग्दा संसद् बैठक तीन पटकसम्म सूचना टाँसेर स्थगन गरिएको छ । पुस ११, १६ र २७ गते बोलाइएको बैठक सभामुखका काराण सारिदै आएको छ । माघ ६ गतेका लागि संसद् अधिवेशन बोलाइएको छ । नेकपा सचिवालय बैठकले सभामुख चयनको बाटो खोल्न उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजनीनामा दिन आग्रह गरेको छ । तर उपसभामुखले आफू पनि सभामुखका लागि योग्य रहेको भन्दै राजीनामा दिन इन्कार गर्दै आएकी छन् । आफू सभामुख बन्ने निश्चित गरिएमात्र राजीनामा दिने अडान उपसभामुख तुम्बाहाङ्फेको छ ।

प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्