इन्जिनियरविरुद्ध आरोपपत्र
काठमाडौँ, भदौ २४ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चेक भुक्तानी दिने क्रममा कमिसन लिने इन्जिनियरविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय दाङका इन्जिनियर रामदुलारीशरण भगतले ठेक्कानुसार निर्माण भई चेक भुक्तानी गर्ने क्रममा दश प्रतिशत कमिसन मागेको आयोगको ठहर छ । अभियुक्त भगतले ठेक्का रकमको दश प्रतिशतले आउने रकम रु एक लाख ५७ हजार निर्माण व्यवसायीसँग माग गरिरहेको भन्ने उजुरी आधारमा आयोगले अनुसन्धान गरेको थियो ।
आयोगले उक्त रकम घुस लिएको अवस्थामा नियन्त्रणमा लिई कानुन बमोजिम जरिवाना माग दाबीका साथ आज आरोपपत्र दायर गरेको जनाएको छ । रासस
प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार