पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्दै
काठमाडौँ – बुधबार साँझ पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्दैछ । यस प्रणालीका कारण देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपात को सम्भावना रहेको छ ।
यो प्रणालीका कारणले बिहीबार देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुनुका साथै थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।
साथै, मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र सोहि भू–भागका १–२ स्थानहरुमा भारी वर्षाको सम्भावना समेत रहेको छ । देशको पूर्वी भू–भागमा बिहीवार आंशिक देखि सामान्य बदलि भई १–२ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यस प्रणालीको प्रभाव देशभर शुक्रबार सम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मौसमको अवस्था :
देशको तराई भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको छ साथै मध्य तथा पश्चिमी पहाडी भू-भागका केहि स्थानमा सामान्य हुस्सु/कुहिरो लागिरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १ गते (बुधबार)
दिउँसो : देशको पुर्वी तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः पश्चिमी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
माघ २ गते (बिहिबार)
दिउँसो : देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्य बदली भई पुर्वी भू्-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको साथै पश्चिमी तथा मध्य उच्च पहाडी/हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
रातीः देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्य देखि पुर्ण बदली रही पुर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा साथै पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।उच्च पहाडी/हिमाली भेगका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।मध्य तथा पश्चिमी उच्च पहाडी/हिमाली भेगका केहि स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ।
माघ ३ गते (शुक्रबार)
दिउँसो : देशको मध्य तथा पुर्वी भू-भागमा सामान्य देखि पुर्ण बदली रहनेछ साथै पश्चिमी भू-भागमा आंसिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।उच्च पहाडी/हिमाली भेगका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।मध्य तथा पुर्वी उच्च पहाडी/हिमाली भेगका केहि स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ।
रातीः देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा हल्का वर्षा साथै उच्च पहाडी/हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रकाशित मिति: १ माघ २०७६, बुधबार