प्रधानमन्त्री ओलीद्वारा माघी पर्वको शुभकामना


 


काठमाडौँ, माघ १ – प्रधानमन्त्री केपी शर्मा ओलीले थारु समुदायको प्रमुख पर्व माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघे संक्रान्तिको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन्।

उहाँले अनेकतामा एकता नै हाम्रो नेपालको विशेषता भएको उल्लेख गर्दै माघे संक्रान्तिमा मासको दाल र चामल मिसाइएको खिचडी, घ्यू–चाकु–तिलको लड्डु, सागपात, तरुल खाने चलन रहेको बताए।

यसका साथै जाडो याममा शरीरलाई तातो राख्ने पोषिला परिकार खाने तथा नदीकिनार तथा त्रिवेणीहरूमा स्नान गर्ने यस पर्वको विशेषता शरीर विज्ञानका हिसाबले पनि उपयोगी भएको उल्लेख गरे।

माघीलाई थारू जातिको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वका रूपमा लिनुका साथै पुस मसान्तमा घर–घरमा माछामासु र ढिकरी (पीठोको एक परिकार) खाई रातभर मघौटा नाँच नाच्ने चलन रहेको प्रधानमन्त्री ओलीले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: १ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्