उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना, कुहिरो नहट्दा तराईको जनजीवन प्रभावित
काठमाडौं, पुस २९
केही दिन यता देशका विभिन्न ठाउँको मौसम बदली भइरहेको छ । पश्चिमी वायु सक्रिय भएसँगै त्यस ठाउँमा मौसम बदली भइरहेको छ।
तराईमा केही दिन यता लगातारजस्तै लागेको कुहिरो नहट्दा जनजीवन प्रभावित बन्दै गएको छ । बिहानैदेखि सुरु हुने कुहिरो बेलुकातिरमात्रै केही समयका लागि मात्रै हट्ने गरेकोले चिसो बढ्दा जनजीवन प्रभावित बनेको हो ।
कुहिरोसँगै चिसो हावा पनि चलेकाले विशेषगरी वृद्धवृद्धा र बालबालिका बिरामी समस्यामा परेका छन् । मङ्गलबार पनि बिहानैदेखि तराईका चितवनबाहेक सबैजसो जिल्लामा बाक्लो कुहिरो लागेको छ । कुहिरो दिनभर रहने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
यसैबीच मङ्गलबार पश्चिमका उच्च पहाडी र हिमाली भेगमा सामान्य हिमपातको सम्भावना छ । सोमबारदेखि पश्चिमी वायुको प्रभाव देखिए पनि त्यति सक्रिय नभएकाले देशका अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने उहाँले बताउनु भयो ।
प्रकाशित मिति: २९ पुस २०७६, मंगलबार