भाटभटेनी लगायत केहि कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरेको ठहर


 


काठमाडौं, पुस २९
सर्वोच्च अदालतले प्रतिष्ठित भाटभटेनी सुपरमार्केट लगायतका कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलको ठहर गरेको छ । नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलेको अभियोगमा विचाराधीन पाँच कम्पनीको मुद्दा सोमबार सर्वोच्चले टुंग्याएको हो ।

समान प्रकृतिका अन्य केही मुद्दा समेत सर्वोच्चमा विचाराधीन छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले कम्पनीको दाबी अस्वीकृत गर्दै भ्याट छलीमा दोषी ठहर गरेको हो ।

इजलासले शंकर अक्सिजन ग्यास प्रालि, अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स, एआइटी प्रालि, भाटभटेनी सुपरमार्केट प्रालि र बीएस बानियाँ स्टोरले नक्कली बिल प्रयोग गरी राजस्व छली गरेको ठहर गरेको हो । सर्वोच्चले राजस्व न्यायाधीकरणको आदेश सदसर गर्दै कम्पनीहरुलाई दोषी ठहर गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले इजलासले न्यायाधीकरणको फैसला सदर गरेको जानकारी दिए।

पोखरेलले भने, ‘न्यायाधीकरणकै आदेश सदर भएको हो । तर, कुन कम्पनीको कति दायित्व लगायतका विषय फैसला सार्वजनिक भएपछि मात्र यकिन हुन्छ ।’ सर्वोच्चले फैसलाको सांरश तथा पूर्णपाठ दुबै सार्वजनिक गरेको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन।

प्रकाशित मिति: २९ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्