पूर्वप्रधानमन्त्रीको निवासमा कार्यविधि मिचेर ठूलो संख्यामा सुरक्षाकर्मी


 


काठमाडौं, पुस २९
सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्वप्रधानमन्त्रीहरुले भने ब्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्यविधीले तोकेभन्दा बढी सुरक्षाकर्मी राख्दै आएका छन् ।

पूर्वप्रधानमन्त्रीहरुले नैतिकता प्रदर्शन गर्नुपर्नेमा उल्टै कार्यविधी मिचेका हुन् । गृह मन्त्रालयले बनाएको कार्यविधि अनुसार पूर्वप्रधानमन्त्रीहरुलाई ९ जनासम्म सुरक्षाकर्मी दिने ब्यवस्था छ । तर, पूर्वप्रधानमन्त्रीहरुले ब्यक्तिगत सुरक्षाका लागि कार्यविधि नाघेर सुरक्षाकर्मी राख्दै आए पनि गृह मन्त्रालयले ती सुरक्षाकर्मीलाई फिर्ता गर्न सकेको छैन् ।

प्रहरीका निकायमा पनि ती सुरक्षाकर्मी फिर्ता गराउन असफल हुँदै आएको छन् । यो समाचार आजको राजधानी दैनिकबाट लिइएको हो ।

कसका निवासमा कति सुरक्षाकर्मी?

पुष्पकमल दाहाल ‘प्रचण्ड’– ७७ जना
शेर बहादुर देउवा– ३८ जना
झलनाथ खनाल– १९ जना
माधवकुमार नेपाल– १७ जना
डा. बाबुराम भट्टराई– ११ जना
खिलराज रेग्मी– १० जना
लोकेन्द्र बहादुर चन्द– १२ जना

प्रकाशित मिति: २९ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्