अमेरिकी सैन्य शिविरमा मिसाइल आक्रमण हुँदा ४ घाइते


 


बग्दाद – इराकमा रहेको अमेरिकी गठबन्धन सेनोको सैन्य शिविरमा फेरि मिसाइल आक्रमण भएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार आइतबार बग्दादको उत्तरी भागमा रहेको अमेरिकी सैन्य शिविरमा मिसाइल प्रहार भएको हो।

कम्तिमा ६ वटा मिसाइल प्रहार गरिएको छ। ४ जना इराकी सेना घाइते भएको एएफपी समाचार एजेन्सीले जनाएको छ।

एएफपीका अनुसार शिविरको गेटमा सुरक्षार्थ खटिएका ४ इराकी सेना घाइते भएका हुन्। अमेरिकी सेनामा पुुगेको क्षतिबारे भने कुनै विवरण प्राप्त छैन। त्यस क्याम्पमा अमेरिकी सेनाका पशिक्षक तथा विषेशज्ञहरु रहेको एपीले जनाएको छ।

अहिलेसम्म यस आक्रमणको जिम्मा कसैले लिएको छैन। अमेरिकाले इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि आक्रोशित बनेको इरानले गत बुधबार मात्रै इराकस्थित दुई अमेरिकी सैन्य शिविरमा आक्रमण गरेको थियो।

प्रकाशित मिति: २८ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्