युक्रेनी विमान दुर्घटनाबारे इरानमै प्रदर्शन


 



काठमाडौं, पुस २७
इरानमा सयौं प्रदर्शनकारीहरुले सरकारले युक्रेनि विमानको दुर्घटनाको समाचार ढिलो खुलासा गरेकोमा आक्रोशित भएका छन् ।

दुई ठला विश्वविद्यालय नजिकका प्रदर्शनकारीलाई पन्छाउन त्यहाँको प्रहरीले अश्रु ग्यासँ प्रहार गरेको बताएको छ ।

इरानले शनिबार भुक्किएर विमान खसालेको बताएको थियो । उक्त विमान इमाम खोमीनी विमानस्थल नजिक दुर्घटनामा परेको थियो जसमा १७६ यात्रुको मृत्यु भएको बताइएको थियो ।

प्रदर्शनले विमानको दुर्घटनाको कारण आक्रोशित रुप लिएको थियो । त्यस्तै इरानी सरकारविरुद्व नारावाजी गरेको थियो ।

प्रकाशित मिति: २७ पुस २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्