प्रदेश २ का मन्त्रीहरुको राज्यमन्त्रीले खोले यस्तो पोल


 


धनुषा – २ नम्बर प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले प्रदेश सरकारका मन्त्रीहरुको पछिल्लोृ रवैयामाथि असन्तुष्टि पोखेका छन् । उनले मन्त्रीहरु नयाँ गाडी किन्ने चक्करमा लागेका खुलासा गर्दै सामाजिक संजाल मार्फत असन्तुष्टि पोखेका छन् ।

उनले शुक्रबार आफ्नो फेसबुक पेजमा एक स्टाटस लेख्दै ‘एक बर्ष अघिमात्र किनेका गाडी पुरानो नहुँदै फेर्ने तयारी भइरहेको खुलाए। उनले गाडीको कण्डिसन पनि बहुतै राम्रो छ । प्रदेश कामकाजका लागि काफी छ । वक्यौता रकम तिर्न बाँकी नै छ । तरपनि मन्त्री पदको दुरुपयोग गर्ने तथा महत्त्वपूर्ण जिम्मेवारीलाई सुख–सयल र मोजमस्तीका रुपमा लिने कतिपय मन्त्रीहरु गाडीको मोडल हेर्न ब्रोसर पल्टाउँदै शोरुम धाउँदै दिन बिताइरहेको सामाजिक संजालमा भनेका छन् ।

त्यस्तै उनले दोस्रो चौमासिक वित्न लाग्दा हालसम्म नयाँ योजना र कार्यक्रम समेत बनाउन नसकेका र गत आवका उपभोक्ताहरुको समस्या समाधान गर्नतिर लाग्नुपर्नेमा प्रदेश र जनताको पैसा फजुल खर्च गर्नतिर राज्यमन्त्रीलाई समेत छलेर भ्रष्ट कर्मचारीहरुको मिलेमतोमा लाग्नु दुःखद रहेको बताएका छन् । राज्यमन्त्री मण्डलले जनताको कुनै काम गर्न नसकेका प्रदेशका मन्त्रीहरुले सिन्कोसम्म भाच्न समेत नसकेको आरोप लगाए। राज्यमन्त्री मण्डलले उक्त स्टाटस अपलोड गरेको १७ मिनेटपछि हटाएका छन् । मण्डल राजपाबाट मन्त्री बनेका हुन् ।

प्रकाशित मिति: २६ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्