इरानले गल्ती स्वीकार गर्दै भन्यो–’युक्रेनी जहाजमा झुक्किएर मिसाइल प्रहार भएको’


 


एजेन्सी, पुस २६
इरानले आफ्नो गल्ती स्वीकार गर्दै युक्रेनसँग क्षमा मागेको छ। झुक्किएर मिसाइल प्रहार गर्दा युक्रेनी जहाज दुर्घटना भएको इरान सरकारले स्वीकार गर्दै क्षमा मागेको हो।

आइतबार बिहान इरानी विदेश मन्त्री जाभेद जरिफले ट्विटमार्फत् सो जहाजमा इरानबाट प्रहार भएको मिसाइल झुक्किएर लाग्न गएकोमा क्षमा याचना गरेका छन्।

प्रारम्भिक छानविनले मानवनीय त्रुटिका कारण त्यस्तो प्रहार हुन गएको भन्दा बुधबारलाई दुखद दिन भएको उनले बताएका छन्। बुधबार भएको सो जहाज दुर्घटनामासवार सबै १७६ जनाको मृत्यु भएको थियो।

युक्रेनियन इन्टरनेसनल एयरलाइन्सको वोइङ ७३७–८०० लाई मिसाइल प्रहार भएको यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडु र अमेरिकी अधिकारीहरुले दाबी गरेका थिए।

इरानले इराकस्थित अमेरिकी सैन्य शिविरहरुमा मिसाइल आक्रमणहरु गरेको केहि घन्टाभित्रै सो जहाज दुर्घटना भएको थियो।

प्रकाशित मिति: २६ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्