आगामी ३ दिनको मौसम पूर्वानुमान


 


काठमाडौं, पुस २६
आजदेखि सोमबारसम्म देशभर मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिन पश्चिमी वायुको न्यून चापीय प्रणालीको प्रभाव रहेको नेपालमा शुक्रबारदेखि यो प्रणाली हटेकाले आगामी तीन दिन मौसम सामान्यतया सफा रहने देखिएको महाशाखाले जनाएको हो ।

मौसमविद् सजिना शाक्यका अनुसार आगामी तीन दिन अर्थात् सोमबारसम्म कतै वर्षा वा हिमपात हुने सम्भावना छैन । तराई क्षेत्रमा हुस्सु र कुहिरो भने लाग्न सक्ने उनले बताइन् ।

आगामी ३ दिनको मौसम अनुमान

पुस २६ गते (शनिबार)

दिउँसोः मध्य र पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः देशका पश्चिमी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

पुस २७ गते (आइतबार)

दिउँसोः देशभर मौसम सामान्यतया सफा रहनेछ ।

रातिः देशभर मौसम सामान्यतया सफा रहनेछ ।

पुस २८ गते (सोमबार)

दिउँसोः देशभर मौसम सामान्यतया सफा रहनेछ ।

रातिः देशका पश्चिमी भू–भागमा मा सामान्य बदली भई अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति: २६ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्