मन्त्री द्वय बाँस्कोटा र ढकाललाई थप मन्त्रालयको जिम्मेवारी


 


काठमाडौं, पुस २५
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले थप मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा बाँस्कोटालाई सहरी विकास मन्त्रालय र ढकाललाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएकी हुन् । मन्त्रालय सम्हाल्नुअघि ढकालले कानून मन्त्रालय सम्हालेका थिए ।

पछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको थियो । समाजवादी पार्टीले सरकार छाडेपछि भने उपेन्द्र यादव र सोही पार्टीका मोहम्मद इस्तियाक राईले सम्हालेका ती मन्त्रालयहरू प्रधानमन्त्रीले सम्हाल्दै आएका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम ढकाल र बास्कोटालाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।

प्रकाशित मिति: २५ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्