नासामा लठ्ठ भएर चोरी गर्ने किशोरहरुको गिरहो प्रहरीको फन्दामा


 


काठमाडौँ, पुष २५
नासामा लठ्ठ भएर पसलका सटर फुटाएर चोरी गर्ने किशोरहरूको गिरहोलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले यस्ता कार्यमा संलग्न ५ किशोरलाई सुकेधारा क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापा स्थायी ठेगाना भई कपन बस्ने १६ वर्षीय आशिष आचार्य, गोरखा घर भई कपन बस्ने १७ वर्षीय आयुष थापा मगर, दोलखा स्थायी ठेगाना भएका १७ वर्षीय लालक्पा छिरिङ शेर्पा, रामेछापका १८ वर्षीय अजय मगर र धनकुटाका १६ वर्षीय सन्तोष धमला रहेका छन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्सालका अनुसार, सटर फुटाएर चोरी गर्ने कार्यमा संलग्न र्भएको आरोपमा किशोरहरु पक्राउ परेका हुन् ।

डीएसपी लम्सालले किशोरहरूले लागूपदार्थको नसामा लठ्ठिएर रातको समयमा चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको बताए।

प्रहरीले उनीहरूको साथबाट नगद ५ हजार रुपैयाँ, विभिन्न कम्पनीका ७ थान मोबाइल बरामद गरेको छ । त्यस्तै, आधा किलो गाँजा र निट्राभेट ८० ट्ब्यालेटसमेत बरामद गरेको डीएसपी लम्सालले जानकारी दिए । डीएसपी लम्सालका अनुसार, उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २५ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्