सरकारी स्वास्थ्य संस्थाबाट वितरण हुने औषधि खान अयोग्य!
काठमाडौँ, पुष २५
सरकारले निःशुल्क वितरण गर्दै आएको केही औषधि खान अयोग्य रहेको पाइएको छ। बढी प्रयोगमा आउने र जीवनभर सेवन गर्नुपर्ने प्रकारका औषधिहरु खान अयोग्य रहेको फेला परेको हो।
आठ प्रकारका निःशुल्क औषधिको ४१ ब्याच पटक पटक फेल भएको उल्लेख छ । तर, यिनै औषधिहरु अहिले सरकारी स्वास्थ्य संस्थाहरुबाट नियमित रुपमा वितरण भइरहेका छन् ।
०७५–०७६ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य संस्थाहरुबाट निःशुल्क वितरण हुँदै आएका विभिन्न औषधिको २८५ ब्याच परीक्षण गरेको थियो । तर, अनुसन्धान रिपोर्ट भने सार्वजनिक भएको छैन ।
अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार सरकारले परीक्षणमा अयोग्य देखिएका औषधि उत्पादक तथा वितरकलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि मात्रै अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्ने बताए । यो स्समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।
प्रकाशित मिति: २५ पुस २०७६, शुक्रबार