बोलेरो दुर्घटना हुँदा घटनास्थलमै २ को मृत्यु, ४ जना घाइते


 


उदयपुर, पुस २४
उदयपुरमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। दुर्घटनामा ताप्लि २ लेखगाउँका २६ वर्षीय मिलन राई र झापा विर्तामोडका ३३ वर्षीय महेन्द्र राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए।

ताप्लि गाउँपालिकाको रामपुरझिल्के इनामेमा सामान पुर्‍याएर कटारीतर्फ फर्कदै गरेको मे.१ ज.२६६२ नम्बरको बोलेरो जिप वडा २ धपेनीमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ताप्लि २ लेखगाउँका ४० वर्षिया रसमाई राई, २७ वर्षीय बाबु राई, ३२ वर्षीय मोतिलाल राई, वडा(१ ओख्लेका २१ वर्षीय कोमलराज मगरलाई उपचारका लागि कटारी अस्पताल पठाइएको एसपी मगरले बताए।

प्रकाशित मिति: २४ पुस २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्