बिहीबार कुन राशिको भाग्य चम्केला ? हेर्नुहोस आजको राशिफल


 


आज मिति २०७६ साल पुष महिनाको २४ गते बिहीबार, तदअनुसार सन् २०२० जनवरी ९ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ कार्यको थालनी गर्ने शुभ समय रहेको छ। अनावाश्य झैँ झमेलामा फसिने सम्भावना छ सजक रहनुहोला। नोकरी व्यवसायको क्षेत्रमा राम्रै लाभ हुनेछ। दाजु भाईको सहयोग मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

उचित निर्णय लिन नसक्दा महत्वपुर्ण अवसर हातबाट फुस्किने छ। नयाँ कार्यको थालनी सकेसम्म नगर्दा नै राम्रो होला। बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बाणी तथा व्यवहारमा अलि संयम हुनुपर्नेछ। पढाई लेखाईमा सफल भइने छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

दिन मनोरन्जनात्मक रुपले नै व्यतित हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। नयाँ वस्त्रले सुन्दरतामा निखार ल्याउने छ। आर्थिक लाभ हुनेछ। दाम्पत्य जीवन सुखद रहने छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पारिवारिक कलहको सम्भावनामा रहेको छ। मानसिक बेचैनी बढ्नेछ। द्विविधात्मक विचारले उचित निर्णय लिन कठिन पर्नेछ। स्वास्थ्यमा बिशेष ध्यान दिनु पर्नेछ। अनावश्यक क्षेत्रमा धन खर्च हुन सक्ला सजक रहनुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यापार व्यवसायमा लाभ हुनेछ। कामको सन्दर्भमा बिदेश यात्रा हुन सक्नेछ। स्त्री वर्गको साथ र सहयोग मिल्नेछ। सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। घरमा मांगलिक कार्यको शुभारम्भ हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

सोचेका कार्यले सार्थकता पाउँदा मन खुसि हुनेछ। पिताको तर्फबाट बिशेष लाभ हुनेछ। नोकरीमा पदोन्नतीको योग रहेको छ। सरकारी कार्यमा लाभ हुनेछ। स्वास्थ्य अनुकुल रहनेछ। पारिवारिक वातावरण सुखमय रहनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ कार्यको थाल्नु गर्ने शुभ समय रहेको छ। लामो दुरीको धार्मिक यात्रा हुन सक्ला। नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। वैदेशिक यात्रा सुखद छ। सन्तान सुख भने मिल्ने छैन। स्वास्थ्यमा अलि अलि समस्या देखिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बोलीको नकारात्मक अर्थ लाग्न सक्ने भएकाले अलि विचार पुर्याएर मात्र बोल्नुपर्ने छ। साहित्य सिर्जनामा मन जानेछ। खानपानमा ध्यान दिनुपर्नेछ। आकस्मिक धनलाभ हुनेछ। धार्मिक कार्यमा मन जानेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

स्वादिष्ट भोजनको अनुभूति पाइने छ। नयाँ बश्त्रलंकर खरिद गर्ने समय रहेको छ। प्रेम तथा मित्रताको बन्धन कसिने समय छ। सार्वजनिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। कार्यमा सफलता मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

व्यापार व्यवसायका लागि समय अनुकुल रहेको छ। आकस्मिक धन लाभको सम्भावना छ। मुद्धा मामलामा परिने छ। स्वास्थ्य अनुकुल रहनेछ। शत्रु परास्त भएर जानेछन।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

मानसिक बेचैनीले सताउने छ। सन्तान सुख मिल्ने छैन। सोचेको काम नबन्नाले तनाव बढ्ने छ। पेटसम्बन्धी समस्याले सताउने छ। आकस्मिक खर्च हुनेछ। साहित्य, लेखनको कार्यमा सफलता मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

पारिवारिक वातावरण क्लेशमय रहनेछ। माताको स्वास्थ्यसम्बन्धी समस्याले सताउने छ। स्वस्थ्यामा समस्या देखिनेछ। अनावश्यक क्षेत्रमा धन खर्च भएर जानेछ। समग्रमा तपाईका लागि भोलिको दिन सामान्य नै रहनेछ।

राशिफलमा जे जस्तो लेखिएको भएता पनि तपाईको आजको दिन शुभ बितोस।

प्रकाशित मिति: २४ पुस २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्