एक सय ८० यात्रु बोकेको युक्रेनको विमान इरानमा दुर्घटना


 



काठमाडौं
बुधवार विहान एक सय ८० जना सवार युक्रेनको विमान इरानमा दुर्घटनाग्रस्त भएको छ । बोइङ ७३७ भएको विमान दुर्घटना भएको अनुमान गरिएको छ ।

युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको फार्स समाचार संस्थाले जनाएको छ।

उक्त विमान युक्रेनको राजधानी किएभतर्फको उडानमा रहेको बताइएको छ। सो सो दुर्घटना अहिलेको इरान–अमेरिका तनावसँग सम्बन्धित रहेको वा नरहेकोबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति: २३ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्