इरानमा १ सय ८० यात्रु बोकेको विमान दुर्घटना


 


एजेन्सी, पुस २३
इरानमा १ सय ८० यात्रु बोकेको युक्रेनी विमान दुर्घटना परेको छ। तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त बनेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले उल्लेख गरेका छन्।फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको देखिएको छ ।

विमानमा १८० यात्रु र चालक दलका सदस्य रहेको बताइएको छ । उनीहरुको अवस्थाको बारेमा थप विवरण आइपुगेको छैन ।

प्रकाशित मिति: २३ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्