लोकसेवा आयोगले माग्यो नायब सुब्बा, सूचना हेर्नुहोस्


 


काठमाडौँ – लोकसेवा आयोगले नायव सुब्बा पदमा भर्ना खुलाएको छ । आयोगले बुधबार प्रकाशित गरेको सूचनाअनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको उल्लेख छ ।

आयोगले आफ्ना क्षेत्रीय कार्यालयबाट भएका कर्मचारीको मागअनुसार विभिन्न सेवा र समूहमा गरी जम्मा ५४८ कर्मचारी माग गरेको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ १४ सम्म र दोब्बर दस्तुर तिरेर माघ २१ भित्र आवेदन दिन सक्नेछन् । यस्तै आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने नायव सुब्बाको बढुवासम्बन्धी सूचना पनि निकालेको छ ।

प्रकाशित मिति: २३ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्