विप्लव समूहका सेक्रेटरी पक्राउ


 


नुवाकोट, पुस २३
प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी विन्तोष सिलवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ककनी गाउँपालिका ४ बाट उनलाई पक्राउ गरिएको हो।

सिलवालसँग आवश्यक सोधपुछ गर्दा उनले उल्टै प्रहरीसँग अभद्र व्यवहार गरेकोले कानुनबमोजिम प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अबिनारायण काफ्लेले बताए । जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी सिलवालमाथि अनुसन्धान भइरहेको एसपी काफ्लेले बताए ।

सिलवाल दुई वर्षअघि पनि एउटा पत्रकार सम्मेलनबाटै पक्राउ परेका थिए । त्यतिबेला उनी चन्द समूहको जिल्ला जनपरिषद् नुवाकोटका जनसरकार प्रमुख थिए । चन्द समूहले जिल्लाभित्र भएका नदीनालाकालगायत सार्वजनिक जग्गामा बालुवा, ढुंगा, गिटी उत्खनन् तथा दोहन भएको भन्दै विरोध गदै आएको छ ।

प्रकाशित मिति: २३ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्