इरानले गर्यो अमेरिकी सेनाको बेस क्याम्पमा रकेट आक्रमण


 



इराकमा रहेको अमेरिकी सेनाको बेस क्याम्पमा रकेट आक्रमण गरेको छ । अमेरिकी आक्रमणमा इरानी कमाण्डर कासिम सुलेमानी मारिएपछि इरानले बदला लिने चेतावनी दिएको केही दिनपछि इरान आक्रमण उत्रिएको हो ।

अल जजिराले जनाएअनुसार पश्चिमी इराकको इन् अल आसादस्थित अमेरिकी गठबन्धन सेनाको बेस क्याम्पमा बुधबार बिहान दर्जन रकेट प्रहार गरिएको छ । १३ रकेट प्रहार गरिएको र हालसम्म कुनै क्षति तथा हताहतीको विवरण प्राप्त नभएको बताइएको छ ।

अमेरिकी गठबन्धन सेनाको क्याम्पमा इरानतर्फबाट दर्जनभन्दा बढी रकेट प्रहार भएको अमेरिकाले पनि पुष्टि गरेको छ। इरानी सरकारी टेलिभिजनले पनि रिभ्युलुसनरी गार्डले रकेट प्रहार गरेको र अमेरिकाले थप आक्रमण गरेमा ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ।

अहिले क्षतिको विवरण आकलन भइरहेको र आफ्ना गठबन्धन सेनाको रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको पेन्टागनले जनाएको छ। अमेरिकाले गत साता इरानी कमाण्डर कासिम सुलेमानीलाई मारेको थियो । एजेन्सी

प्रकाशित मिति: २३ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्