यस्तो छ इरान र अमेरिकाको सैन्य क्षमता, को बलियो ?


 



राष्ट्रपति डोनाल्ड ट्रम्पले कासम सोलेमानीलाई मार्ने आदेश दिएपछि इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकालाई भयानक नतिजा भोग्नुपर्ने चेतावनी दिइसकेका छन् । यसपछि धेरैले संसारको सब भन्दा शक्तिशाली सेनाको बिरूद्धमा इरान खडा हुन सक्छ कि सक्दैन भनेर प्रश्न गरिरहेका छन् ।

इरानले जनरलको मृत्युमा शोक व्यक्त गरेपछि दुबै देशका अधिकारीहरूले एक अर्कालाई सैन्य शक्ति र दुबै देशका सहयोगीहरूलाई उच्च सतर्कताको लागि कडा चेतावनी दिए। सैन्य स्तर निर्धारण गर्ने वेबसाइट ग्लोबल फायर पावरका अनुसार अमेरिकालाई विश्वको सबैभन्दा शक्तिशाली सेनाको रुपमा राखिएको छ । वार्षिक समीक्षामा इरान १४ औं स्थानमा छ।

यद्यपि इरानको क्षेत्रीय नेटवर्क र सहयोगी देशहरूको बलियो नेटवर्कले अमेरिकी अड्डाहरूको लागि ठूलो खतरा देखाएको छ । अमेरिकी सुरक्षा विभागको एक रिपोर्टले भने छ कि इरानको मिसाइल शक्ति मध्य पूर्वमा सब भन्दा ठूलो हो।

दुई देशबीचको तनाव बढाउन ठूलो भूमिका खेल्ने देखिएको छ । अमेरिकी राष्ट्रपतिले बगदाद अन्तर्राष्ट्रिय विमानस्थलको हवाई यात्राको आदेश दिएका थिए किनकि उनको भनाईमा सोलेमानीले उक्त देशमा बस्ने अमेरिकीहरूलाई मार्ने षडयंत्र गरिरहेका थिए।

इरानले यसबारे स्पष्ट गरिसकेको छ कि अमेरिकाले यस आक्रमणका लागि गम्भीर परिणाम भोग्नुपर्नेछ । सर्वोच्च नेता अयातुल्ला अहमद खतामीले मध्य पूर्वमा अमेरिकी सेनालाई धम्की दिएका थिए।

इरानमा सेना, नौसेना, वायुसेना र आईआरजीसीका गरि ५ लाख २३ हजार सेना छन् । मुलुकको जनसंख्या आठ लाख ३० करोड छ । उसको प्रतिरक्षा बजेट आठ दशमलव आठ अर्ब डलर छ । जबकी अमेरिकासंग पाँच सय ४७ अर्ब डलर छ । अमेरिकासंग आठ हजार पाँच सय ७७ लडाकू ट्यांंक मात्रै छन् ।

रकेट प्रोजेक्टर, स्वसंचालित तोपखाना, सशस्त्र लडाई गर्ने सवारी साधनहरु छन् । यस्तै, तीन सय ९८ पानी जहाज, पाँच सय १२ एयर पावर छन् । जसमा एयर क्राफ्ट र हेलिकप्टरहरू छन् । देशमा हाल १२ वटा परिचालन मिसाइलहरू छन् । प्रायः छोटो दूरी र मध्यम दूरीको मिसाइल छन् । अमेरिकासंग १२ लाख ८१ हजार ९ सय सेना छन् ।

हवाई सेना र नौ सैनिकमा पनि अमेरिका सबै भन्दा बलियो छ । यो बुझिन्छ कि संयुक्त राज्य अमेरिका र रूससँग विश्वको ९० प्रतिशत भन्दा बढी आणविक हतियार भएका देश हुन् । अमेरिकासंग हाल हवाई शक्तिमा १० हजार बढी जनशक्ति छ ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: २२ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्