अमेरिकी सरकारी वेबसाइट ‘ह्याक’, ट्रम्पको तस्बिरमा मुड्की


 



अमेरिकाको सरकारी वेबसाइट फेडरल डिपोजिटरी लाइब्रेरी प्रोग्रामको वेबसाइट ह्याक गरिएको छ । तर, अहिलेसम्म कसले ह्याक गर्यो भन्नेबारे प्रमाणित भने हुन सकेको छैन ।

ह्याक गरिएको अनुसार आफूलाई इरानको बताउने ह्याकरले ह्याक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था ‘द गार्जियन’ले जनाएको छ । वेबसाइइट खोल्दा ‘इन द नेम अफ् गडु’अर्थात् भगवानको नाममा, इरान साइबर सुरक्षा समूह ह्याकर्स लेखिएको भेटिन्छ । स

साथै यसमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई इरान लेखिएको मुड्कीले गालामा हानिरहेको र ट्रम्पको मुखबाट रगत बगिरहेको तस्बिर राखिएको छ । गएको शुक्रबार इराकमा अमेरिकाले गरेको आक्रमणमा ईरानी सेनाका जर्नेल कासिम सुलेमानीको ज्यान गएपछि ईरानले सही समय र सही ठाउँमा यसको बदला लिने चेतावनी दिइसकेको छ ।

ह्याक भएको वेबसाइटमा सुलेमान शहीद भएको र भगवानको शक्तिले उनको हत्याको बदला लिइने पनि उल्लेख छ । इरानी ह्याकरले अमेरिकी सरकारी वेबसाइट ह्याक गरेको भनिए पनि प्रमाणित भने हुन सकेको छैन ।

प्रकाशित मिति: २० पुस २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्