कस्तो छ आगामी तीन दिनको मौसम?


 


काठमाडौं, पुस २०
जम्मू–कश्मीर क्षेत्रमा विकसित पश्चिमी वायुका कारण पानी र हिमपात परेपछि यतिखेर नेपालमा निकै चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबारदेखि भने वायु प्रणाली कमजोर भई मौसममा सुधार देखिँदैछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अब भारी बर्षा र हिमपात हुने क्रम रोकिने छ । तराई क्षेत्रमा मौसम खुल्दै गएको छ । देशको मध्यपूर्वी भागका उच्च पहाडी क्षेत्रमा हिउँ परिरहे पनि अरु क्षेत्रमा भने यो क्रम रोकिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुष २० गते (आइतबार)
दिउँसोः देशको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः देशको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पुष २१ गते (सोमबार)
दिउँसोः देशको उच्च हिमाली भू-भागहरुमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः देशको पहाडी भू-भाग लगायत उच्च हिमाली भू-भागहरुमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २२ गते (मंगलबार)
दिउँसोः देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिः देशको पश्चिमी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागको मौसम सामन्यतया सफा रहने छ । देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: २० पुस २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्