आज कुन देशको मुद्राको विनिमयदर कति ?
काठमाडौँ, पुस २०
नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १८ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२८ रुपैयाँ २० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५० रुपैयाँ ६१ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९३ पैसा र बिक्रीदर २८ रुपैयाँ ०८ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।
प्रकाशित मिति: २० पुस २०७६, आइतबार