पुल्चोकमा शंकास्पद वस्तु फेला


 


ललितपुर, पुस १९ – ललितपुरको पुल्चोकमा शंकास्पद वस्तु फेला परेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार प्याक गरेर फालेको अवस्थामा तारसहित देखिने गरी शंकास्पद वस्तु फेला परेको हो । उक्त वस्तु के हो परिचान हुन सकेको छैन ।

शनिबार बिहान पुल्चोक र गाभलको बीचमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

‘बम हो कि भन्ने शंकाका आधारमा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ,’ महानगरीय प्रहरी प्रभाग पुल्चोककी इन्सपेक्टर पुर्णिमा चन्दले बताइन् ।

प्रकाशित मिति: १९ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्