इरानी उच्च सैन्य कमान्डरको हत्यापछि बग्दादमा अर्को हमला, ६ जना मारिए


 



काठमाडौं, पुस १९
इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको केही घण्टापछि नै बग्दादमा अर्को हवाई आक्रमण भएको छ ।

इरान समर्थित शिया मिलिसियालाई लक्षित गर्दै क्याम्प ताजी नजिकै आक्रमण भएको हो । आक्रमणमा ६ जना मारिएका छन् भने एक जना गम्भीर घाइते भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार, ६ वटा शव जलेको अवस्थामा फेला परेका छन् भने त्यहाँ रहेका तीन सवारीसाधनमध्ये दुई जलेको बताइएको छ ।

केही घण्टा अघि नै अमेरिकी सैनिकले इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानीलाइ मारेको थियो । यो आक्रमणबारे भने अमेरिकाले केही प्रतिक्रिया जनाएको छैन ।

प्रकाशित मिति: १९ पुस २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्