भाेजपुरमा १९ कर्मचारी सम्मानित
भाेजपुर, भदाै २३
१३ औँ निजामति कर्मचारी दिवसको अवसरमा १९ जना निजामति कर्मचारी सम्मानित भएका छन् । सेवामैत्री प्रशाशन संघियतामा सुशासन भन्ने मुल नाराका साथ निजामती कर्मचारी दिवसको समापन कार्यक्रममा कर्मर्चारीहरुलाई सम्मा गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माकाे अध्यक्षता र जिल्ला न्यायधिश प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यमा बुधबार सम्पन्न कार्यक्रममा निजामति दिवसको अवसर पारेर यस वर्ष अवकास प्राप्त १३ जना र जिल्ला भरका कर्मचारी मध्ये ६ जना कर्मचारीलाई सर्वोकृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान गरीएको हो ।
सवोत्कृष्ट सम्मानित हुनेमा जिल्ला शिक्षा अधिकारी सिताराम श्रेष्ठ र जिल्ला कृषि विकास कार्यालयका प्रमुख सरोजकान्त अधिकारी प्रशासनबाट जय बहादुर तामाङ, महिला तथा बालबालिका कार्यालय बाट सम्झना थापा मगर, सिचाँइ सव डिभिजन कार्यालय बाट खम्व बहादुर बानिया , स्वास्थ्य चौकी याकुका भोजराज भण्डारी, रहेका छन् ।
दिवसकै अवसरमा कर्मचारीले सदरमुकामको लोकतान्त्रिक गेट देखी चारभञ्जयाङसम्म प्रभात फेरी निकालेका थिए । यसैविच दिवसको अवसरमा आयोजित कार्यक्रमको समापन सभामा बोल्ने अधिकांस वक्ताले बर्षेनि नाराहरु फेरीए पनि परीवर्तन भने नभएको बताएका छन् । दिवसकै अवसरमा कर्मचारी मिलन केन्द्रले २०७२ सालको परीक्षामा जिल्ला भर बाट सवोत्तकृष्ट अंक ल्याउने २ जना छात्रा छात्रलाई सम्मान गरेको छ ।
विरेन्द्र उच्च माध्यामिक विद्यालया कुलुङकी छात्रा शुलोचना बोगटी र सन्त माध्यामिक विद्ययालय नेपालेडाँडाका छात्र प्रज्वल राज बस्नेत सम्मानित भएकाहुन ।
प्रकाशित मिति: २३ भाद्र २०७३, बिहिबार