डोनाल्ड ट्रम्पको निर्देशनमा इरानी कुड्स फोर्सका प्रमुखको हत्या


 


एजेन्सी, , पुस १८
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानी रिभोलुसनरी गार्डको कुड्स फोर्सका प्रमुखको हत्या गरिएको छ। अमेरिकाले बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको हवाई हमला परी इरानी कुड्स फोर्सका जनरल कासिम सोलेमानी मारिएका छन् । यसको जिम्मेवारी अमेरिकाले लिएको छ । यस हमलामा कताइब हिज्बुल्लाहका कमान्डर अबू महदी अल–मुहादिस पनि मारिएका छन् ।

पेन्टागनले ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा’ उनको हत्या गरिएको पुष्टि गरेको छ । बगदादको अन्तर्राष्ट्रिय एयरपोर्टमा हमलाको खबरपछि कासिमको मृत्युको खबर आएको हो । उक्त हमलामा अन्य धेरैको मृत्यु भएको खबर छ ।इरानको रिभोलुसनरी गार्डले पनि जनरल कारिमको मृत्यु भएको पुष्टि गरेको छ । उनीहरुले अमेरिकी हेलिकप्टरमार्फत् आक्रमण भएको बताएका छन् ।

‘राष्ट्रपतिको निर्देशनमा अमेरिकी सेनाले विदेशमा रहेका अमेरिकी नागरिकको रक्षार्थ निर्णायक रक्षात्मक कदम अनुरुप कासिमको हत्या गरेको हो । अमेरिकाले उनलाई आतंकवादी घोषित गरेको थियो,’ पेन्टागनले एक विज्ञप्ती जारी गर्दै भनेको छ । ‘सोलेमानी गत २७ डिसेम्बरसहित कयौँ महिनादेखि इराकस्थित अमेरिकी सैन्य ठेगानामाथि हमला गर्नमा शामेल थिए । यसको अलावा अमेरिकी दूतावासमा भएको भएको हमला पनि उनले आफ्नो स्वीकृति दिएका थिए ।’

प्रकाशित मिति: १८ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्