राष्ट्रिय अनुसन्धान विभागले माग्यो सहायक सूचक, एसएलसी पासले पनि आवेदन दिनसक्ने


 


काठमाडौं, पुस १८
राष्ट्रिय अनुसन्धान विभागले २३२ सहायक सूचकको लागि आवेदन माग गरेको छ । विभिन्न क्षेत्रमा भएका गतिविधिबारेमा गोप्य रुपमा सूचना लिनका लागि ती सूचकहरु नियुक्त गर्न लागिएको विभागले जनाएको छ ।

विभागद्वारा शुक्रबार गोरखापत्रमा प्रकाशित विज्ञापनका अनुसार विभागमा रिक्त रहेको सहायक सूचक (राजपत्र अनंकित चतुर्थ श्रेणी सरह) को लागि खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न लागिएको जनाइएको छ ।

जसमा खुल्लाबाट १२८ र समावेशीबाट १०४ जना माग गरेको छ । समावेशीअन्र्तगत आदिवासी जनजाति ३३, मधेशी २९, महिला २०, दलित १५ र पिछडिएका क्षेत्रबाट ५ गरी १०४ जना नियुक्त गरिने विज्ञापनमा जनाइएको छ ।

प्रकाशित मिति: १८ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्