शाहरूखलाई धम्की


 


मुम्बई (एजेन्सी) – बलिउड अभिनेता शाहरूख खानले नयाँ फिल्मको घोषणा नगरेका अवस्थामा उनका फ्यानले आत्महत्या गर्ने धम्की दिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनका एक फ्यानले नयाँ फिल्म घोषणा नगरे आत्महत्या गर्ने धम्कीसहितको ट्वीट गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा ‘वि वान्ट अनाउन्समेन्ट एसआरके’ ह्यासट्याग टेन्डिङ भइरहँदा एक फ्यानले ट्वीट गरेका छन्, ‘अत्ति भइसक्यो। मैले तपाईको जिरोपछि कुनै फिल्म हेरेको छैन। कारण अरू फिल्म हेर्ने उत्साह छैन। अब तपाईले खुसीको खबर दिनुपर्छ। नयाँ फिल्मको घोषणा गर्नुभएन भने म आत्महत्या गर्नेछु।’

पछिल्लो समय ‘जिरो’ फिल्ममा देखिएका अभिनेता खानले आफ्नो ५४ औं जन्मदिनको अवसरमा नयाँ फिल्म लिएर आउने बताएका थिए। निर्देशक राजकुमार हिरानीद्वारा बन्न लागेको नयाँ फिल्ममा अभिनेता खानले अभिनय गर्ने पक्का भएपनि घोषणा भने गरिएको छैन्। उनी अभिनित ‘दिल्वाले’, ‘फ्यान’, ‘रइस’ र ‘जब ह्यारी मेट सेजल’, ‘चेन्नाई एक्स्प्रेस’ र ‘ह्याप्पी न्यू इयर’ लाई दर्शकले मनपराएका थिए।

प्रकाशित मिति: १८ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्