आज कुन देशको मुद्राको विनिमयदर कति ?


 


काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९० पैसा र बिक्रीदर ११४ रुपैयाँ ५० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ५० पैसा र बिक्रीदर १२८ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०८ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ ०१ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको छ ।

प्रकाशित मिति: १८ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्