जर्मनीमा शरणार्थी समस्यामा धेरै सुधार भएको चान्सलर मर्केलको दावी


 


Anjela markelबर्लिन (जर्मनी), भदौँ २२

जर्मन चान्सलर एञ्जेला फर्केलले आफ्नो सरकारले शरणार्थी समस्या समाधानमा गरेको पहलको प्रशंसा गर्दै सन् २०१५ को तुलानाा जर्मनी पुगेको आप्रवासी शरणार्थीको व्यवस्थापनमा धेरै गुणा राम्रो गरिएको बताउनुभएको छ ।

शरणार्थी समस्या समाधानका लागि अझै केही काम गर्न बाँकी रहेको र सरकार निरन्तर यस समस्यालाई पूर्ण व्यवस्थित गर्ने कुरामा लागि परेको बताउनुभयो ।

गत वर्ष को यही समयमा मेलै शरणार्थी समस्या बारे संसद्मा बोल्दै गर्दाको अवस्थाको तुलनामा अहिले यसमा कैयौँ गुणा राम्रो भएको छ, उहाँले विधायकलाई सम्बोधन गर्ने क्रममा बताउनुभयो ।

पश्चिमी पोमेरानियाको मेकलेनवर्गमा लज्जाजनक पराजय व्यहोरेको उहाँको दल क्रिश्चियन डेमेक्रेटिक युनियनले राष्ट्रियताका बारेमा गर्भिलो अडान नराख्दा देश वर्वादीतर्फ गएको भन्ने राष्ट्रवादी शक्तिले मर्केलको दललाई तेस्रो स्थानमा पु¥याएका छन् ।

मर्केलले शरणार्थीलाई जर्मनी प्रवेशमा नियन्त्रण गर्ने भन्दा युद्ध तथा गरिवीबाट प्रताडित आप्रवासीलाई ठाउँ दिनुपर्ने भनी शरणार्थीका पक्षमा देखिनुभएको थियो ।

विपक्षी दलले भने शरणार्थी जर्मनीको समस्या भएर निस्किने भन्दै शरणार्थी भित्रने नाकामा कडाई गर्नुपर्ने अडान राख्दै आएका छन् । रासस÷एपी

प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्