जम्मु–कश्मिरमा आतंकवादी झडप, एक नेपालीसहित २ सैनिकको मृत्यु


 


भारत – भारतको जम्मु–कश्मिरमा आतंकवादी झडपमा परी एक नेपालीसहित २ सैनिकको मृत्युको मृत्यु भएको छ।

बुधबार जम्मू कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा रहेका नेपाली युवा २५ वर्षीय अर्जुन थापा मगर र भारतीय नागरिक २९ वर्षीय सावन्त सन्दीप रघुनाथको मृत्यु भएको भारतीय सेनाका जनसम्पर्क अधिकृत देवेन्दर आनन्दले जनाएका छन्।

ठूलो परिमाणमा हातहतियारसहितका आतंकवादीसँगको आक्रमणमा दुवै जनाले ज्यान गुमाएको जनसम्पर्क अधिकृत आनन्दले जनाएका छन्। ‘नायक रघुनाथ र राइफलम्यान मगर बहादुर, जिम्मेवार र साहसी सिपाही रहेको समेत उनले बताएका छन । सन् २०१८ यता जम्मू कश्मीरमा आतंकवादीसँगको झडपमा ८३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ।

प्रकाशित मिति: १७ पुस २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्