भ्रमण वर्षमा होटलमा छुटैछुट


 


काठमाडौ , पुस १६
नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी होटलले नेपाल आउने विदेशी पर्यटकलाई कोठा र खानामा छुट दिने भएका छन्।
पर्यटकलाई कोठा भाडामा ३० र खानामा १५ प्रतिशत छुट दिने होटल एसोसिएसन नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले बताए।

नेपाल आउने विदेशी पर्यटकले यो छुट २०२० जनवरी १ देखि डिसेम्बर ३१ सम्म पाउनेछन्। यो छुट विदेशी पर्यटकको लागि मात्र रहेको शाहले जनाए।
अहिले होटल एसोसिएसन नेपालको देशभरि पाँचचारे होटलसहित झन्डै २ हजार होटल सदस्य छन्।

‘हाम्रा सबै सदस्यमा यो छुट लागु हुन्छ,’ शाहले भने।
पर्यटकले जुनै कोठा बुकिङ गरे पनि तोकिएको छुट पाउनेछन्। भ्रमण वर्षलाई लक्षित गरी एसोसिएसनले दुई महिनाअघि नै पर्यटकलाई छुट दिने निर्णय गरेको शाहले बताए ।

प्रकाशित मिति: १६ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्